दफा २०
क्वारेन्टाइन शत्रुजीव प्रभावित क्षेत्रमा शत्रुजीवको नियन्त्रण
– (१) दफा १९ बमोजिम घोषित क्वारेन्टाइन शत्रुजीव प्रभावित क्षेत्रमा क्वारेन्टाइन शत्रुजीव नियन्त्रण गर्नको लागि सङ्गठनले देहायका कुनै वा सबै उपाय अवलम्बन गर्न सक्नेछ –
(क) त्यस्तो शत्रुजीवको नियन्त्रण गर्न उपचार गर्ने,
(ख) त्यस्तो क्षेत्रमा रहेको बिरुवा, बिरुवाजन्य उपज वा बायोलोजिकल कण्ट्रोल एजेण्ट, लाभदायक कीरा वा अन्य वस्तु नष्ट गर्ने,
(ग) त्यस्तो क्षेत्रबाट बिरुवा, बिरुवाजन्य उपज, बायोलोजिकल कण्ट्रोल एजेण्ट वा अन्य वस्तु अन्यत्र लैजान रोक लगाउने,
(घ) त्यस्तो क्षेत्रमा बिरुवा वा बिरुवाजन्य उपज रोप्न रोक लगाउने, र
(ङ) सङ्गठनले उपयुक्त ठानेका अन्य उपायहरु अवलम्बन गर्ने ।
(२) सङ्गठनले आवश्यक देखेमा दफा १९ बमोजिम क्वारेन्टाइन शत्रुजीव प्रभावित क्षेत्र वा सो क्षेत्रको नजिकका क्षेत्रमा रहेका बिरुवाका धनीलाई उपदफा (१) बमोजिमको कार्य गर्न आदेश दिन सक्नेछ
(३) उपदफा (२) बमोजिम दिइएको आदेश पालना गराउन सङ्गठनले सम्बन्धित क्षेत्रको निरीक्षकलाई लेखी पठाउनेछ ।
(४) उपदफा (३) बमोजिमको आदेश प्राप्त भएपछि सम्बन्धित निरीक्षकले त्यस्तो आदेशको पालना गर्न बिरुवा वा बिरुवाजन्य उपज, परीक्षण क्षेत्र वा त्यस्तो बिरुवा वा बिरुवाजन्य उपज वा बायोलोजिकल कण्ट्रोल एजेण्ट, लाभदायक कीरा वा अन्य वस्तु रहेको जग्गाभित्र प्रवेश गरी उपदफा (२) बमोजिम दिइएको आदेश बमोजिमको काम गर्न गराउन सक्नेछ ।
(५) शत्रुजीव नियन्त्रण गर्न यस दफा बमोजिम कुनै काम कारबाहीको सिलसिलामा सक्दो सावधानी अपनाउँदा पनि कसैको कुनै स्वस्थ बिरुवा, बिरुवाजन्य उपज, बायोलोजिकल कण्ट्रोल एजेण्ट वा लाभदायक कीरा वा अन्य वस्तु नष्ट भएमा सङ्गठन वा नेपाल सरकारले कुनै किसिमको दायित्व बहन गर्नु वा क्षतिपूर्ति तिर्नु पर्ने छैन ।